२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा प्रभावकारी भएन अनलाइन कक्षा

हरिश्चन्द्र बाग २०७७ असार २५ गते १७:०१

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुचारु गरेको अनलाइन कक्षा प्रभावकारी भएको पाइएन । विश्वविद्यालयका करिब ७० प्रतिशत विद्यार्थी अझैँपनि अनलाइन कक्षाको पहुँच भन्दा बाहिर रहेका छन् ।

चैत्र र बैशाखमा परीक्षाको तयारीमा बसेका विद्यार्थीहरूको परीक्षा अर्को निर्णय सार्वजनिक नहुन्जेल सम्मका लागि स्थगित गरिएको थियो । तर बन्दाबन्दी थपिँदै गएपछि विद्यार्थीहरूले एकातिर अनलाइन कक्षामा पहुँच पुग्न नसकेको र परीक्षाको विषय अन्यौँलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जसले सिकाई प्रक्रिया अधुरै रहने हो कि भन्ने उनीहरुको गुनासो छ । ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूले इन्टनेटको अभाव हुँदा अनलाइन कक्षामा पनि सरिक हुन नसकेको बताएका छन् ।

सम्बन्धित