तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना

डोटी । डोटीमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जोरायल गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक अनमीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

र्यालयको कामले सिलगढी पुगेको बेला यहि असार २१ गते आइतबार जिल्ला अस्पताल डोटीबाट उनको स्वाव संकलन गरि धनगढी पठाईएकोमा बुधबार उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए ।

उनि कोरोना पुष्टी नहुँदै हिजो बुधबार कैलाली आफ्नो घरमा गएको र पुष्टी भैसकेपछि अहिले आफ्नै घरमा आइसोलेशनमा रहेको जोरायल गाउँपालिका, स्वास्थ्य शाखा, संयोजक गोबिन्द बिष्टले जानकारी दिए ।

संक्रमण पुष्टी भएका स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङ् गरी विहिबार २२ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि डडेल्धुरा पठाईएको संयोजक बिष्टले जानकारी दिए ।

स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आज विहिबारदेखि सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट हाललाई सेवा बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएपछि स्थानीय समुदायमा पनि त्रास बढेको छ । जोरायल गाउँपालिकामा हालसम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अरु १७ जना निको भई डिस्जार्च गरी घर फर्किसकेका छन ।

बुधबारसम्ममा डोटीका ९ वटै स्थानीय तहमा गरी ५ सय ३६ जनामा कोरोना संक्रमण देखापरेको छ । जसमध्ये ४ सय ७६ जना कोरोनालाई जितेर घर फर्केका छन् । संक्रमितहरुमा कोरोनाका लक्षणहरु भने देखा नपरेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

पाँच सयभन्दा बढी कोरोना संक्रमित देखा परेका देशका १० वटा जिल्लाभित्र डोटी पनि परेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख मलासीले जानकारी दिए । ५ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन लगत्तै ८ सय जना मानिसहरुको नमूना स्वाव संकलन गरी परीक्षण गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

यति बेला असार मसान्त भएकाले सबै जसो सार्वजनिक निकायमा विभिन्न योजनाको रकम भुक्तानीका लागि कर्मचारी र सेवाग्राहीबिच रिपोर्ट, बिल भर्पाइ, आर्थिक कारोबार लगाएत कारणले समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम पनि निकै बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button