तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारको बजेट पारित


काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८ औँ बैठकले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेश सरकारले यही असार १ गते पूँजीगत तर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ र वित्तीय हस्तान्तरण तर्फ दुई अर्ब ९९ करोड ६५ लाख रुपैयाँ गरी आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि जम्मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button