तपाईँ सुन्दै हुनुहुन्छः

ससुराद्वारा बुहारीलाई निर्घात कुटपिट, श्रीमानले भिडियो खिचे

अछाम । भारतको पुनामा बस्दै आएका एक ससुराले आफ्नी बुहारीलाई निर्घात रुपमा कुटपिट गरेका छन् ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाछिमाना घर भइ हाल पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ। बुहारीले काम गर्ने घरकी मालिक्नीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई कुटेका बताईएको छ।

उक्त कुटपिट गरेको भिडियो बुहारी (भरु) कै श्रीमान दिनेशले खिचेका बुझिएको छ । काम गर्ने घरमा मालिक्नीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिक्नीको प्यारो बन्न कुटेको भिडियो देखाउनलाई खिचिएको बताइएको छ।

भरुले एक वर्ष पहिले दिनेशसँग प्रेम विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीमा पर्छ। सामाजिक सन्जालमा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध गर्दै कानुन अनुसार कारवाहीको माग गरिएको छ।

महिलाको हात बाँधेर पट्टाले निर्घात कुटपिट गरिएको छ, यो महिलामाथिको जघन्य हिंसा हो, एकजना महिला अधिकारकर्मी पशुपति कुँवरले भन्नुभयो दोषीलाई जहाँ भए पनि कडा कारवाही गरिनु पर्छ ।

घटनाबारे नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछाम मार्फत छानबिन अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र घटना पनि अछाममा नभई भारतमा भएको खुल्न आएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button