२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरु

रोशन तिवारी २०७७ असार २५ गते १३:०२

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रसासन कार्यालयमा आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गर्नुभयो । राष्ट्रिय परिचयपत्र वितरण कार्यको औपचारिक शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सीनाले विभिन्न निकायबाट जारी गरिएका परिचयपत्र बोक्नुपर्ने झण्झट अन्त्य भएको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रले नागरिकलाई विभिन्न सेवा लिन र सरकारलाई व्यक्तिगत विवरण संकलन गर्न सहयोग पुग्ने तिमिल्सीनाको भनाई छ । राष्ट्रिय परिचयपत्र बैज्ञानिक र व्यवहारिक परिचयपत्र रहेको बताउँदै तिमिल्सीनाले सरकारले यसलाई बहुउपयोगी परिचयपत्रको मान्यता दिएको जानकारी दिनुभयो


व्यक्तिगत विवरण, भौतिक सम्पत्तीको अवस्था, बैंकिङ कारोबारको अभिलेख, सुरक्षा व्यवस्थापन लगायत विवरण राष्ट्रिय परिचयपत्रमार्फत थाहा पाउन सकिने भएकाले अरु परिचयपत्र भन्दा यो परिचयपत्र अत्याधुनिक रहेको अध्यक्ष तिमिल्सीनाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रसासनले आजबाट सर्वसाधारणहरुका लागि पनि परिचयपत्र वितरणको शुरुवात गरेको जानकारी दिनुभएको छ । तत्कालका लागि जिल्ला प्रसासन कार्यालयमा डेस्क स्थापना गरि परिचयपत्र वितरणको शुभारम्भ भएको बताउँदै रेग्मीले भविष्यमा सात वटै स्थानीय तहमा सेवा विस्तार हुने बताउनुभयो । नागरिकता प्राप्त सबै व्याक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने जिल्ला प्रसासन कार्यालयको तयारी छ ।

सम्बन्धित