तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर पुग्यो

मेलम्ची- सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली घटनास्थल पुगेको छ। मौसम प्रतिकुलताले काभ्रेको मंगलटारमा अवतरण भएको कैलाश एयरको हेलीकप्टर सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु पुगेको हो ।बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले हेलिकोप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेहरुको उद्धार थालिने जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितको हेलिकोप्टर बाह्रबिसे पुगेको हो। उक्त हेलिकोप्टरबाट २ गम्भीर घाइतेलाई काठमाडौं लगिने जानकारी दिनुभयो । ।सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकोप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button