तपाईँ सुन्दै हुनुहुन्छः

३ महिना पछि मुगुमा हवाई सेवा शुरु

मुगु । कोभिड – १९ को कारणले देश बन्दाबन्दी हुँदा बिगत ३ महिना पछि मुगुमा हवाई सेवा शुरु भएको छ ।

हाल नेपालमा हवाई सेवा खुल्ला नगरेको भएपनि दुर्गम तथा हिमाली जिल्लाको सन्चालन हुदै आएको सतही मार्ग बर्षाले हिलाम्य बनेपछि बिकल्पको रुपमा यात्रुहरुको समस्या लाई मध्यनजर गर्दै सिता एयर प्रालिले नेपाल सरकार गृह मन्त्रालयको स्वीकृती लिई बुधवार बाट रारा बिमानास्थलमा आप्नो चार्टर उडान शुरु गरेको छ ।

प्रतिनिधि सभाका सदस्य गोपाल बहादुर बमको पहल र रारा यड्भेन्चर प्रालि र सिता एयरको सहकार्यमा १० वटा उडानको स्वीकृति लिएको बताईएको छ ।

जहाजमा यात्रा गर्ने यात्रुहरुले मास्क अनिवार्य सहित पिसिआर वा आरडिटि परिक्षण गरी नेगेटिभ रिर्पोट आएको हुनु पर्नेछ । कोरोना परिक्षणका लागि काठमाण्डौको शुक्रराज टर्पिकल अस्पताल टेकु, भेरी अस्पताल नेपालगञ्ज र जिल्ला अस्पताल मुगुमा निर्धारित शुल्क तिरी परिक्षण गर्ने ब्यवस्था मिलाईएको छ ।

आज सिता एयरले नेपालगञ्ज बाट रारा बिमानास्थलमा भरेको उडानमा १ जना बालक सहित १७ जना यात्रु र फर्कदा १ जना यात्रुले यात्रा गर्नु भएको रारानागरीक उड्यन कार्यालय ताल्च मुगुका सहायक प्रमुख किरण दाहालले बताउनु भयो ।

स्वीकृति प्राप्त १० वटै उडानहरु चार्टर भएका र यात्रुहरुलाई सामाजिक दुरी कायम गरी उडान गर्नु पर्ने भएको ले प्रति यात्रु एकतर्फि रु १० हजार भाडा दर कायम गरीएको बताईएको छ ।

दुबै तर्फ यात्रा गर्ने यात्रीहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाट पिसिआर र आरडिटि रिर्पोट पेशगरी गृह मन्त्रालयको स्वीकृत भएपछि मात्र यात्राको व्यवस्था मिलाईने रारा नागरीक उड्यन कार्यालय ताल्च मुगुका प्रमुख मोहन गिरीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button