तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीमै छापियो चार लाख बढी अनुमतिपत्र

काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनको अवधिमा चार लाख भन्दा बढी चालक अनुमतिपत्र छापेको छ ।

काठमाडौंमा नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि यही असार महिना अघि आएका सबैको असार मसान्त भित्र चालक अनुमित पत्र छापिसकिने विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो ।

गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएकोे प्रवक्ता खनालले बताउनुभयो ।

लकडाउनको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर सवारी अनुमति पत्र छपाइ गरिएको विभागले जनाएको छ ।

सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button