तपाईँ सुन्दै हुनुहुन्छः

‘हालसम्म ३ सय ४२ अर्ब रुपैयाँ राजस्व संकलन’

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको हालसम्म ३ सय ४२ अर्ब रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

चालु आर्थिक वर्षमा ४ सय ६५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने विभागको लक्ष रहेकोमा गत चैत्रदेखि शुरु भएको लकडाउनका कारण बैशाख र जेठ महिनाको राजस्व संकलन प्रभावित भएकाले लक्ष अनुसारको राजस्व संकलन हुन नसकेको आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको अन्तिम महिना असारमा ८१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य रहेकोमा बुधबारसम्म ३८ अर्ब रुपिँया राजस्व संकलन भएको महानिर्देशक कुँवरले बताउनुभयो ।

कर तिर्ने समय अझै एक हप्ता बाँकी रहेकाले बाँकी अवधिमा करदाताले कर तिर्ने विभागले अपेक्षा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button