तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको प्रभावः विद्यालयको पूननिर्माण धकेलियो

पर्वत । पर्वतमा गत २०७२ सालको भूकम्पले भत्किएका विद्यालयको पूननिर्माण कोभिड १९ को कारण गरिएको लकडाउनले प्रभावित भएको छ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) ले चालु वर्ष सम्झौता भई काम शुरु भएका सबै विद्यालयको निर्माण कार्य सक्ने अनुमान गरेको थियो । तर, लकडाउनका कारण विद्यालयको पूननिर्माणको काम बिचमै रोकिएपछि पूननिर्माण अर्को वर्षको असोज सम्म सक्ने लक्ष्य निर्धारण गरिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) का प्रमुख युक्तप्रसाद शर्माले चालु वर्ष ६८ विद्यालयको भवन निर्माणको काम सक्ने लक्ष्य रहेपनि अहिले सम्म २८ वटाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । भूकम्पका कारण १ सय ७५ वटा सामुदायिक बिद्यालयका ३ सय ६१ कक्षा कोठाहरु भत्किएका थिए ।

कार्यालयका अनुसार फलेबास नगरपालिकाका ४० विद्यालय, कुश्मा नगरपालिकाका ३७, जलजला गाउँपालिकाका २२, मोदी गाउँपालिकाका २२, महाशिला गाउँपालिकाका १९, बिहादीका १६ र पैयुँ गाउँपालिकाका १९ विद्यालय भूकम्पले भत्किएका हुनाले पूननिर्माण गर्नुपर्ने सूचीमा छन् ।

हालसम्म जिल्लाका ३० वटा विद्यालयको निर्माण कार्य मात्रै सकिएको छ । ३८ वटा विद्यालयको निर्माण कार्य अन्तिम चरणमा रहेको शर्माले बताउनुभयो ।

अर्को वर्ष ६३ वटा विद्यालय पूननिर्माण हुने सूचीमा परेका छन् । भवन निर्माण सम्पन्न भएका विद्यालयका भवन भूकम्प प्रतिरोधी छन् ।

भूकम्पले भवन भत्किएर नियमित पठनपाठनमै समस्या भोग्दै आएका विद्यालयले नयाँ भवन पाएपछी सहज रुपमा पठनपाठन सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button