तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई आर्थिक सहयोग

रुपन्देही । कोभिड १९ को महामारीका कारण प्रभावित बनेका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

उपमहानगरपालिकाले किसान लक्षित राहतस्वरुप अनुदान प्याकेजको कार्यक्रम अगाडि सारेको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । कृषिमा समर्पित किसानहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरेको उहाँको भनाइ छ ।

उत्पादनलाई बजारसम्म पु¥याउन नसकी नष्ट गर्नुपरेको भन्दै राहत स्वरुप ५८ जना किसान र दुईवटा समूह सहकारी गरी कुल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । विदेशबाट फर्किएका र व्यवसाय उन्मूख कृषकहरुलाई लक्षित गरी घोषणा गरिएको कोभिड १९ विशेष कृषि विकास प्रोत्साहन कार्यक्रममा छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रमअनुसार प्रोत्साहन अनुदान दिइएको उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिनुभयो ।

कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको जनाइएको छ । उपमहानगरपालिकाले यिनै सहकारी संस्थाहरुको सहकार्यमा किसानलाई पसल धितो राखेर अनुदान दिंदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button