तपाईँ सुन्दै हुनुहुन्छः

दुई सातादेखि रोकएको मेचीनगरको छैठौं नगरसभा आज शुरु


भद्रपुर, झापा । आन्तरिक विवाद सुल्झिएपछि मेचीनगर नगरपालिकाको छैठौं नगर सभा बुधबार शुरु भएको छ ।

असार १० गते नै सभा उद्घाटन गर्ने तयारी भए पनि बजेट बाँडफाँडमा किचलो उत्पन्न हुँदा सभा सुरू हुन १४ दिन ढिलो भएको हो । बुधबार नगरपालिकाको सभाहलमा प्रदेश सांसद श्रीप्रसाद मैनालीले सभाको उद्घाटन गर्नुभएको छ ।

आ.व. ०७७÷०७८ को बजेटमा प्रत्यक्ष रूपमा नचुनिएका कार्यपालिका सदस्यले समेत वडाध्यक्षसरह बजेट पाउनुपर्ने माग गरेपछि विवाद बढेको थियो । बजेट दिने सहमति भएपछि नगरसभा शुरु भएको नगरपालिकाका सञ्चार संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

सभामा उपप्रमुख मीना उप्रती पोखरेलले १ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्नुभयो भने प्रमुख विमल आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सभामा छलफलपछि परिमार्जनसहित बजेट र नीति तथा कार्यक्रम पारित हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button