तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी र दार्चुलाका सिमाना ३ दिनका लागी खुला


बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला र जौलजिवी नाका ३ दिनका लागि खोलिएको छ ।

लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीहरुले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । झुलाघाट नाका शुक्रवार बिहान १० बजेदेखि ५ बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै दार्चुलाको धार्चुला (पुलघाट) र जौलजिवी नाका पनि ३ दिनका खुल्ला गरिएको छ । दार्चुलाका यी नाका भने २ सिफ्टमा खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्य सम्बन्धी पालना अनिवार्य गर्नुपर्ने भारतीय स्थानीय जनाएको छ । बैतडीका २ हजार बढी र दार्चुलामा ५ सय जना भारतीय पेन्सनधारी नागरिक रहेका छन् । नाका खुल्ला रहेको बेला भारतमा पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्न सक्ने, सीमामा फसेका दुबैदेशका नागरिकलाई उद्धार गरिनेछ । उद्धार गरिएका नागरिकलाई सीमामा सामान्य चेकजाँच गरि अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button