तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरः सुनसान रारा

मुगु । कोभिड– १९ को कारणले बिश्व जगत नै नराम्ररी थला परेको बेला यसको नकारात्मक प्रभाव मुगुमा पनि परेको छ । बिशेष गरी नेपालकै शुन्दर र रमणीय राराताल हाल सुनसान बनेको छ ।

कोरोना भाईरस नेपालमा महामारीको रुपमा नफैलियोस भन्ने उद्धेश्यका साथ नेपाल सरकारले २०७६ साल चैत्र ११ गते बाट नेपाललाई बन्दाबन्दी गर्ने निर्णय जारी गरेको थियो ।

पर्यटकहरु आउने सिजनमा पर्यटक नआएपछि रारा ताल लगायत आसपासका सल्लेरी माझघट्ट र लामाचौर सुनसान बनेका छन् । रारामा सिमित मात्रामा होटेल हरु भएपनि ताल छेउका स्थानहरुमा पाल टाँगेर पर्यटकहरु बस्ने गर्दथे भने उक्त स्थान हाल खाली नै देख्न पाईन्छ ।

बिगतका बर्षहरुमा पर्यटकहरुको घुईचो हुँदा होटेल, घोडा र डुङ्गा चलाउन भ्याई नभ्याई हुने भएपनि कोरोनाको कहरले हाल यहाँका पर्यटन ब्यवसायिहरु मारमा परेका छन् भने लाखौंका सरकारी राजस्व गुमेको छ ।

पर्यटकहरु आउने सिजनमा आफुलाई होटेलमा ब्यवसायबाट राम्रो आम्दानी हुने गरेको भए पनि हाल काम नहुँदा दिनभर डुलेर दिन बिताउने गरेको र कमाई शुन्य भएको रारा जाने बाटोमा पर्ने सल्लेरीका पर्यटन ब्यवसायी बिष्णु बहादुर रावले बताउनु भयो ।

आफु रारा आउने पाहुनाको सेवामा बसेको भएपनि लकडाउनले पर्यटकहरु नआएपछि ५ रुपयाँको कमाई नहुँदा आफुलाई घरखर्च चलाउन समस्या भएको र नेपाल सरकारले लकडाउन खोलेको भए आफु जस्ता गरिखाने बर्गलाई सहज हुने सल्लेरी महादेब होटेलकी सञ्चालकले बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका कामु प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद थपलियाका अनुुसार निकुञ्जको मुख्य उद्देश्य भनेको प्राकृतिक सम्पदालाई जस्ताको तस्तै नबिगारी संरक्षण गर्ने र पर्यटनको माध्यमबाट रोजगारीका अवसरहरु सृजना गरि राष्ट्रिय आम्दानीमा टेवा पुर्याउने भएपनि देश लामो समयको बन्दाबन्दीको कारण पर्यटक हरु आउन नपाएपछि राराको पर्यटन ब्यवसायमा ठूलो असर परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button