२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकामा अनलाईन प्रबिधिद्धारा काम संचालन

संजय विश्वकर्मा २०७७ असार २४ गते १४:०९

लहान । सिरहाको दक्षिणवर्ती विष्णुपुर गाउँपालिकामा अनलाईन सेवा मार्फत कार्यालयको काम काज संचालनमा आएको छ । चालु आर्थिक बर्षबाट अनलाईन प्रणाली मार्फत राजस्व लगायत जिन्सीका हरेक कामहरु संचालनमा आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेब यादबले बताउनुभएको छ ।

वडा नम्बर १ देखि ५ सम्म पञ्जिकरण, मालपोत, पोखरी ठेक्का, नागरिकता सिफारिस, घरबाटो सिफारिस लगायत हरेक दस्तुरहरु अनलाईन मार्फत वडा कार्यालयमै लिने गरेको अधिकृत यादबले बताउनु भयो ।

वडा कार्यालय लगायत स्वास्थ्य चौकीहरु मा सिसिटिभि क्यामेरा मार्फत कर्मचारीहरुको निगरानी गरिरहेको भन्दै उनले भने ‘अनलाईन प्रणली मार्फत सेवा संचालन भएपछी पारदर्शिताको साथै समयको बचत हुने गरेको बताउनु भएको छ ।’

गाउँपालिका अध्यक्ष जागेश्वर यादबको बिशेष पहलमा अनलाईन सेबा संचालन भएको आईटी अफिसर शम्भु यादवले जानकारी दिनुभएको छ । वडा कार्यालयहरुमा सेवाग्राहीका लागी फ्रि वाईफाई जोनको ब्यवस्था लगायत कार्यालयको हरेक गतिबिधिहरु अनलाईन सेवा मार्फत संचालनमा आएकाले गाउँपालिकाको गतिबिधि पारदर्शी भएकोले स्थानियहरु खुसी भएको छ ।

सम्बन्धित