तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा एकै दिन २३ जना कोरोना सङ्क्रमणबाट मुक्त

पर्वत । पर्वत जिल्लामा आज एकै दिन २३ जनाले कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । पर्वत अस्थायी कोरोना अस्पतालमा सङ्क्रमण पुष्टि भई भर्ना भएका २३ जना निको भएर आज घर फर्किन लागेको हुन्

उपचारपछि निको हुनेमा सङ्क्रमण पुष्टि भएर ३४ दिनसम्म अस्पतालमा उपचार गराइरहेका समेत छन् ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा २३ जना सङ्क्रमितको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।

रिर्पोट नेगेटिभ आएकाहरूलाई आज बिदाइ गर्ने तयारी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिनुभयो ।

पर्वतमा आइसोलेसनमा रहेका ६२ सङ्क्रमित मध्ये २३ जना निको भएपछि अब ३९ जना मात्रै उपचाररत छन् ।

उपचार गराइरहेका कुनै पनि बिरामीमा कोरोनाको लक्षण देखिएको छैन । पर्वतमा अहिलेसम्म २८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने सङ्क्रमितको सङ्ख्या ९० रहेको छ ।

डा। देवकोटाका अनुसार अहिलेसम्म पर्वतमा एक हजार एक सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । भने अहिलेसम्म प्रिक्वारेन्टाइनमा एक सय तीन जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button