तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छः सांसद तामाङ

मेलम्ची । स्थानीयको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानी काठमाडौं लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकार वालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा असार २१ गते पानी परीक्षण सुरु गरेपछि मन्त्रालय लगायत खानेपानी आयोजनाले सिन्धुबासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिक लगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् ।

स्थानीयको मागलाई सम्बोधन गरी, वातावारणीय प्रभावको मुल्याङ्कन गरी सिन्धुपाल्चोकको विकास निर्माणको कार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकोमा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीय आक्रोशित बनेका हुन् ।

यही विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एवम् पूर्वमन्त्री शेर बहादुर तामाङले आफू लगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुखद् भएको बताउनुभयो । सिन्धुपाल्चोकमा यति ठूलो कार्य हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पधादिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढंगले पानी परीक्षण ग¥यो त्यो दुखद् भएको भन्दै सिन्धुबासी पनि सहभागी भएर गर्व महशुस गर्नेबेलामा एकलौटी ढंगबाट काम अगाडि बढाइनुले राम्रो संकेत नदिएको उहाँको भनाइ छ।

प्रभावित क्षेत्रका स्थानीयको हकमा के हुन्छ ? भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टी निर्धारण गरेर विकास निर्माणको काममा सहयोग गर्नुपर्ने र मेलम्चीको पानी काठमाडौं लगेर काठमाडौंबासीको काकाकुल स्थितिलाई केही हल गर्नका लागि यति ठूलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभावित क्षेत्रका बस्तिहरुमा पनि सफा पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व रहेको स्मरण गराउँदै तामाङले अब जिल्लाबासीहरू फाइल बोकेर विभिन्न कार्यालयहरु धाउन भन्दा पनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझ्न लाग्नुपर्ने बताउनुभयो ।

उहाँले खानेपानी मन्त्रालय लगायत सम्बन्धीत पक्षलाई बेलैमा ढंग पु¥याएर मात्र चल्न आग्रह गनुैभएको छ । तामाङले आगामी २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णय अनुसार अगाडि बढ्ने समेत जानकारी गराउनुभयो । पानी परीक्षण गर्दा सिन्धुबासीलाई छल्न खाजेको भन्दै उहाँले सिन्धुबासीलाई यस क्षेत्रको विकास निर्माण लगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गर्नुभएको हो ।

सांसद तामाङले खानेपानी मन्त्रीले सामाजिक, राजनीतिक र विभिन्न अवरोधका बावजुद पानी परीक्षण गरियो भनेको भनाइप्रति असन्तुष्टि जनाउदै उहाँले विभिन्न समस्याहरु देखाएर समाधान गर भन्न पनि नमिल्ने हो र ? भन्दै प्रश्न गर्नुभएको छ । सिएमसीले दिनुपर्ने ज्याला नदिएको अति सामान्य व्यापारीहरुले सप्लाइ गरेको सामानको मूल्यको माग गर्दा त्यसलाई समाधान गर्दै पानी काठमाडौं लाने बाटो खोज्नुको साटो अवरोध भनेर टार्न खोज्नु दुःखद रहेको भन्दै विविध समस्याहरू समाधान गरेर मात्र पानी लैजानुपर्ने उहाँको भनाइ छ । उहाँले चिन्तन फरक रहेको भन्दै दुवै तहका सम्बन्धित पक्षहरु बसेर छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । सरकारले स्थानीयको माग सम्बोधन गरेर स्थानीय जनतालाई खुसी पार्ने हो भने मेलम्चीको मात्र नभई याङिलार्केको पानी समेत पठाउन आफूहरु तयार रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button