तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जितेर घर फर्किएका युवाले गरे आत्माहत्या

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय दिलिप गहतराजले कोरोना जितेर घर फर्किएपछि आत्महत्या गरेका छन् । उनले सोमबार बेलुका करिब पौने ६ बजे तिर आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा राखिएको थियो । उनी भारतको मुम्बईबाट एक महिना अगाडि घर फर्किएर घर नजिकैको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

“मृतकको जेठ ३२ गते स्वाव संकलन गरि भैरहवा पठाइएको र असार ९ गते कोरोना संक्रमणको पुष्टि भएको रिपोर्ट आएको थियो, के कारणले आत्महत्या गरेका हुन थाहा हुन सकेको छैन ।” गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीले भन्नुभयो ।

पाल्पामा कोरोेना संक्रमितको सख्या ५ सय ४० पुगेको छ भने संक्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button