२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख मास्क बाड्दै सडकमा

किरण श्रेष्ठ २०७७ असार २३ गते १४:५२

तनहुँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमौली बजारमा मास्क बाडेका छन ।

कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध गर्दै प्रहरी सहितको टोलीले मंगलबार बिहान दमौली बजारमा मास्क वितरण गरेको हो ।जिल्ला प्रशासन कार्यालय तनहुँको तर्फबाट १ सय र जिल्ला प्रहरी कार्यालय तनहुँको तर्फबाट १ सय गरी २ सय मास्क बजारमा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।


दमौलीको मेनचोक, सफासडक, मालपोत लाइन लगायतका स्थानमा उक्त टोलीले मास्क नलगाएका सर्वसाधारण एवं व्यापारीलाइ मास्क वितरण गरिएको थियो ।गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका जनाएको छ ।


कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

सम्बन्धित