२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कैलाशखोलामा डुबेर एक जना बेपत्ता

टेकराज भण्डारी २०७७ असार २३ गते ११:४४

अछाम- अछामको कैलाश खोलामा डुबेर एक पुरुष बेपत्ता भएका छन् । रामारोशन गाउँपालिका वडा नम्वर ६ भटाकाटियाँका ५० वर्षीय गम्भीरे साउँद सोमबार करिब साढे ६ बजे तिर नुहाउने क्रममा कैलाशखोलामा डुबेर बेपत्ता भएका वडा अध्यक्ष उदय बहादुर साउदले जानकारी दिनुभयो ।

बेपत्ता साउदको हिँजैदेखि खोजी कार्य जारी राखेपनि अहिले सम्म पनि भेटाउन नसकीएको र उनको खोजी कार्य जारी रहेको अध्यक्ष साउदले बताउनुभयो ।

उनको खोजिकार्यका लागि शान्तडा प्रहरी चौकी, साँफेबगरबाट गएको सशस्त्र प्रहरीको टोलि र स्थानियहरु खोजीकार्यमा जुटिरहेका छन् । सोमबार रातिदेखि अछाममा निरन्तर वर्षा भैरहेका कारण खोजी कार्य गर्न अप्ठेरो भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताउनु भयो ।

सम्बन्धित