तपाईँ सुन्दै हुनुहुन्छः

देशभर मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसअनुसार देशभरको मौसममा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राती देशभर साधारणतया बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button