तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त, मृतकको संख्या ३५ पुग्यो 

काठमाडौं । आज थप २ सय ६४ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट २ सय ६४ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ६ हजार ८ सय ११ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्यलाभ गर्नेको दर ४२ दशमलव ७६प्रतिशत रहेको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा ४ हजार ७ सय २१ वटा नमुनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसैगरी बाग्लुङ्ग नीस्तीखोला गाउँपालिका वडा नं ३ निवासी २९ वर्षिय पुरुषको हिजो मृत्यु भएसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको कूल संख्या ३५ पुगेको छ ।

उहाँ भारतबाट क्षयरोगको उपचार गराई फर्केपछि स्थानीय क्वारेन्टाइनमा बस्नुभएको थियो ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज २९ हजार २ सय १५ जना रहेका छन् भने ९ हजार १ सय १८ जना विभिन्न आइसोलेसन सेन्टर हरूमा रही स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button