तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगर बजारमा कोरोना मापदण्ड अनुगमन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा कोरोना मापदण्ड अनुगमन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघ द्धारा सबै वस्तुगत संघहरु सहित गठन गरिएको कोरोना जनचेतना तथा समन्वय समितिले बजार अनुगमन गरेको समितिका संयोजक तथा कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष मदनराज पन्तले बताउनुभयो ।

उहाँका अनुसार, कोरोना महामारीबाट बच्न जारी गरिएको न्यूनतम मापदण्ड पालना भए नभएको अनुगमन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कोरोनाबाट बच्न तथा बचाउन अपनाउनु पर्ने मापदण्डका बारेमा जानकारी समेत गराइएको संयोजक पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button