तपाईँ सुन्दै हुनुहुन्छः

देशका अधिकांश स्थानमा वर्षा, चट्याङसहित बाढी पहिरोको सम्भावना,यस्तो छ तीन दिनको मौषम पूर्वानुमान


काठमाडौँ– देशभर मनसुनी वायु को प्रभाव सँगै भारतको उत्तर प्रदेशको उत्तर(पूर्वी भू(भाग नजिक निम्न चापिय क्षेत्र रहेको र यसले समेत मौसमलाइ प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले दिउँसो प्रदेश १ र २ का केहि स्थानहरुमा र बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। साथै प्रदेश १ र ५ तथा गण्डकी प्रदेश का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरि नेपालमा सलह प्रवेश गरेको सन्दर्भमा मौसमको समेत प्रभाव पर्ने र आगामी तीन दिन देशका अधिकाँश भूभागमा पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने पनि महाशाखाले विश्लेषण गरेको छ ।
आज वागमती तिनाउ पश्चिम राप्ती बबइ नदीका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही असार २६ देखि २९ गते देशैभरका नदीमा बाढीको सम्भावना रहेको तथा प्रदेश १ र २ को तराइको भूभागमा बढी जोखिम रहेको उल्लेख गर्दै महाशाखाले पूर्वतयारीमा जुट्न आग्रह समेत गरेको छ ।

मौसम विश्लेषण 

हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापिय क्षेत्र रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २२ गते (सोमबार)

दिउँसोः देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

रातीः देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २३ गते (मंगलबार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५,  गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशभर साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २४ गते (बुधबार)

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

रातीः देशभर साधारणतया बदली रही मुलुकका केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुको साथै प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को समेत  सम्भावना  रहेको हुदा उक्त प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button