२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

भालुको आक्रमणबाट महिला गम्भिर घाईते

ओपेन्द्र बस्नेत २०७७ असार २२ गते १२:४८

तुलसीपुर- सल्यानमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा कालीमाटी गाउँपालिका–१ लुनारे निबासी ५२ बर्षकी बुद्धि रावत रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

गम्भिर घाईते रावतको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो । रावतलाई आज बिहान घर नजिकै रहेको वनमा घाँस काट्ने क्रममा भालुे आक्रमण गरेर घाईते बनाएको थियो ।

सम्बन्धित