तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान आग्रह

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान स्थानीयलाई आग्रह गरेको छ ।

आयोजनाको केन्द्रिय कार्यालयले सुचना मार्फत आज देखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै नजान भनेको हो ।

परीक्षणका क्रममा नदीमा पानीको वहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनैपनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालाहरुमा जाँदा विशेष सावधानी अपनाउन भनेको छ ।

साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button