तपाईँ सुन्दै हुनुहुन्छः

आइएलओले एनआरएनएलाई ५ करोड १० लाख अनुदान दिने

संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

एनआरएनएले एक विज्ञप्ति जारी गर्दै आइएलओ र गैर आवासीय नेपाली संघबीच मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अबर गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको हो ।

सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिनु भयो ।

आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button