तपाईँ सुन्दै हुनुहुन्छः

काठ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित एक जना नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा बालुवा भित्र लुकाई काठ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित ट्याक्टर धनी गणेश प्रसाद अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार से १ त ९३६४ नम्बरको ट्याक्टरमा प्रहरीले चेकजाँच गर्दा बालुवाभित्र काठ ढुवानी गरिरहेको फेला पारेको हो । प्रहरीका अनुसार, बालुवाभित्र एक देखि सात फिटसम्मका एक सय ४६ थान चिरान काठ बरामद गरिएको छ ।

पक्की घर निर्माण प्रयोजनका लागि प्रयोग हुने पल्ला, चौखट, भेन्टिलेसन, झ्याल आदि बनाई बालुवा भित्र लुकाएर ढुवानी गरिरहेको अवस्थामा फेला पारेको र डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दोषीलाई वन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button