बारामा आगलागी हुँदा गोठ पुरै जलेर नष्ट, तीन लाखको क्षति
बीरगंज । बाराको कलैया उपमहानगरपालिका वडा नं.२३ गंगानगरमा एक स्थानीयवासीको गोठ घरमा आगलागी हुँदा गोठ पुरै जलेर नष्ट भएको छ ।
स्थानीय छोटे लाल पटेलको गोठ घरमा गए राती करिब २ः०० बजे आगलागी हुँदा गोठमा बाँधिएका एउटा भैँसी त्यसको पाडो र तीन वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केर भएको आगलागीबाट गोठ घर र त्यसमा बाँधिएको चौपाया र अन्य सामानहरू गरी करिब तीन लाखको क्षति भएको उहाँले बताउनुभयो ।
आगोलाई स्थानीयवासी, प्रहरी र कलैया उपमहानगरपालिका बाट गएको दमकले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्