तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षणका लागि मेलम्चीको पानी काठमाडौं पठाइयो

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङबाट परीक्षणका लागि पानी काठमाडौं पठाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्विच थिचेर पानी सुरुङमा पठाउनुभयो । ढकालका अनुसार सुरुङको परीक्षणका लागि आज पानी पठाइएको हो । उक्त पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौं पुग्ने छ ।

मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button