तपाईँ सुन्दै हुनुहुन्छः

झापाका तीन पालिकालाई युएन ह्याविट्याटले दियो सरसफाइ सामग्री

भद्रपुर, झापा । झापाका तीन वटा स्थानीय तहमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको युएन ह्याविट्याटले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरसफाइ सामग्री वितरण गरेको छ ।

सो संस्थाको ग्लोबल स्यानिटेसन फन्ड अन्तर्गत झापाका कमल र गौरीगञ्ज गाउँपालिका तथा बिर्तामोड नगरपालिकालाई मास्क, स्यानिटाइजरलगायतका सरसफाइ सामग्री वितरण गरिएको हो ।

झापामा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक सोम आचार्यले सबै स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार वितरित सामग्रीमा मास्क, स्यानिटाइजर, हात धुने साबुन, बाल्टी, ह्याण्डवास, ग्लोब्स, फोहोर फ्याँक्ने डस्टविन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button