तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गुरुलाई गराउने मैथिल परम्परा छ ।

पर्वविशेषले मिथिला क्षेत्रमा आज बजारु चहलपहल पनि ह्वात्तै बढाएको छ । गुरुका लागि वस्त्र, मिष्ठान्न परिकार र फलपूmल किन्नेहरुको भीडले अन्य बेला दिउँसो जम्ने यहाँका बजार आज बिहानै भरिभराउ देखिएका छन् । खासमा धार्मिक मठहरुमा त पर्वका अवसरमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम नै आयोजना गरिएको देखिँदो छ ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य ९प्रधानाध्यापक० ईश्वरी पौडेल बताउनुहुन्छ ।

अज्ञानरूपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रहरुले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रिदेवका रूपमा मानेको मटिहानीकै याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ९विद्यापीठ० का नेपाली साहित्यका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।”

विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको यो प्रसङ्ग पनि उपप्राध्यापक रायले स्मरण गर्नुभयो । माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ ।

पर्वले गुरुप्रति अहोेभाव ९कृतज्ञता० व्यक्त गर्न सिकाएको पाका मैथिल बताउँछन् । पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ उजिल्याउने ९उज्यालो बनाउने० बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button