तपाईँ सुन्दै हुनुहुन्छः

‘वित्तीय जोखिम नियन्त्रण गर्न बेलैमा सचेत हुनुपर्छ’

ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न बेलैमा सचेत हुनुपर्ने बताउनुु भएको छ ।

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन हुुने भएकाले स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्न केन्द्रीय सहकारी संघहरु लाग्नु पर्नेमा मन्त्री अर्यालले जोड दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button