तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा बेपत्ता ६ जनाको शव फेला

बझाङ । बझाङ केदारस्युँ गाउँपालीका ८ मल्लेसीमा शुक्रबार राति पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । पहिरोमा एक जना अझै बेपता छन् ।

पहिरोमा मृत फेला परेका एकै परिवारका ४० वर्षीया राम देवि जेठारा सहित उनकी ८ वर्षीया छोरी शान्ता जेठारा, ११ वर्षीया छोरी अस्मीता जेठारा १५ वर्षीया छोरा प्रयागराज जेठारा रहेका छन ।

साथै, ८० वर्षीया दले जेठारा र १२ वर्षीया सन्तु जेठाराको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ । २० वर्षका गिरिजा जेठारा भने अझै बेपता छन् ।

पहिरोमा परी १७ घर पुर्ण रुपमा क्षति भएका छन् ।

पीडितलाइ स्थानीय नमादेउ प्राविमा बासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारि कमलराज भन्डारीले बताए । पीडित परिवारका लागि गृह मन्त्रालयबाट हेलिकप्टर मार्फत आजै राहात समाग्री ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button