२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको समर्थनमा मेलम्चीमा प्रदर्शन

देवराज सुवेदी २०७७ असार २० गते १८:२४

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको पार्टीभित्रबाटै राजीनामा मागिएपछि देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ । मेलम्ची आसपासका युवाहरु शनिवार सडकमा निस्किएका हुन् ।

ओलीको समर्थनमा उत्रिएका युवाहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल होसियार’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

सम्बन्धित