तपाईँ सुन्दै हुनुहुन्छः

निम्न माध्यामिक विद्यालयको पाखोबारीमा चियाखेती

बागलुङ । बागलुङको गलकोट काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको पाखोबारीमा अहिले चियाका हरिया मुना लहलह भएका छन् ।

वनमाराले ढाकेको पाँखो अहिले चिया बगान बनेको छ । तिङरिङको पाखो मात्र होइन, रेशकै बौरमा वनमाराको झारलाई उछिनेर अहिले चियाका बुटा हराभरा हुन थालेका छन् ।

गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँका रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनालाई लिएर साना किसान सहकारीले बौर र तिङरिङको ४६ रोपनी खाली जमिनमा ३६ हजार चियाका बिरुवा दुई वर्षअघि लगाउन शुरु गर्यो । बौरमा १५ हजार र तिङरिङमा एक वर्ष पहिले २१ हजार चियाका बिरुवा लगाइएको छ ।

बौर र तिङरिङमा चियाखेती गर्दा रेशका स्थानीयवासीले २५ प्रतिशत श्रमदान समेत गरेको साना किसान सहकारी संस्था रेशका अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button