तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक महिलाको मृत्यू

बैतडी । बैतडीमा खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुरचौडी नगरपालिका स्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ बर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव दिउसो गिरीजाबगर भन्ने स्थानमा फेला परेको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button