तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा शहीदद्वार निर्माण गरिने

जनकपुरधाम – मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ । करिब रू. तीन करोडमा मधेश आन्दोलनका शहीद नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको सम्मानमा शहीद द्वार निर्माण गर्ने योजना अघि सारिएको हो ।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मधेश आन्दोलनमा शहादत प्राप्त गरी अन्त्येष्टि गरिएको छेउ मुजेलियास्थित राजमार्गमा शहीद द्वार निर्माण गरिने छ । द्वारको तीनवटा पिलरमा नितु, दिलीप र सञ्जयको प्रतिमा रहने जनाइएको छ । उपमहानगरपालिकाद्वारा सो द्वारमा मर्यादा पुरूषोत्तम भगवान रामको प्रतिमा पनि राख्ने योजना अघि सारिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाबाट मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गर्ने शहीदगेटको प्रारुप । तस्वीर ः हिमांशु चौधरी÷रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button