तपाईँ सुन्दै हुनुहुन्छः

इन्जिनियर आचार्य बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्य बिरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आर्जन गरेको सम्पती मध्ये तीन करोड २१ लख ६२ हजार रुपैयाको स्रोत नखुलेकाले भ्रष्टाचारको मुद्धा दायर गरीएको अख्तियारले जनाएको छ ।

यस्तै, आयोगले आजै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेका रुपमा कार्यरत विश्वनाथ कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले सेवाग्राहीसँग दुई लाख रुपैया घुस लिएको अभियोगमा मुद्दा दायर गरीएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button