तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण’

रासस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गनुहुँदै वरिष्ठ नेता पौडेलले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्ध काँग्रेसले आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button