तपाईँ सुन्दै हुनुहुन्छः

राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको छ । नयाँ खेलकुद विकास ऐन बिहिबारबाट लागू भएसंगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ ऐन अनुसार राखेप सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्ने बताउनु भयो ।

२०४८ अनुसार भए गरेका काम कारबाही नयाँ ऐन अनुसार भएको मानिने नयाँ खेलकुद विकास ऐनमा उल्लेख छ । तर पदाधिकारी नियुक्तिको हकमा सो लागु नहुने कानुन बिज्ञबाट मन्त्रालयलाई राय आएको छ ।्

खेलकुद विकास ऐन २०४८ बिहिबारबाट निष्क्रिय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल कार्यालय आउन छाड्नु भएको थियो । उहाँले मन्त्रालयबाट पत्र नआएसम्म काम गर्न नजाने बताउनुभएको थियो ।

नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषद्मा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ । सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।

मन्त्रालयका अनुसार नयाँ ऐन लागु भएसंगै सदस्य सचिव सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समेत समाप्त भएको छ ।

मन्त्रालयले विधेयक निर्माणको क्रममा राखेपका वर्तमान पदाधिकारीलाई कार्यकाल पुरा गर्न पाउने गरि ऐनमा व्यवस्था गरेको थियो । तर राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएको विधेयकमा स्पष्ट रुपमा वर्तमान पदाधिकारीको निरन्तरताको विषय उल्लेख गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button