तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा संक्रमितको संख्या ३६ पुग्यो, २० मूक्त

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपालधापका एक युवामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ३ का २५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए ।

भारतबाट असार १० गते आएका उनी क्षेत्रपाल माविको तिपेनीस्थित क्वारेन्टाइनमा बसेका थिए । स्वाब संकलन गरी परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएकोमा उनको रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । उनलाई थप उपचारका लागि मेलम्चीको आइसोलेसनमा लाने तयारी भइरहेको छ ।

जिल्लाका २० जना भने कोरोना जितेर घर फर्केका छन् । हालसम्म १३ सय ६० को आरडीटी प्रविधिमार्फत परीक्षण गरिएको छ भने पीसीआर प्रविधिबाट ८ सय ६२ जनाको परीक्षण गरिएको छ । स्वाब संकलन गरिएकामध्ये १ सय ६२ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button