तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना पुष्टि भएपछि रुखमा झुण्डिएर आत्महत्या

बझाङ । खप्तड छान्ना गाँउपालिका ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक जनाले शुक्रबार आत्महत्या गरेका छन् ।

खप्तड छान्ना गाँउपालीका ७ लामागडा घर भएका १८ वर्षका युवा शेर बहादुर रावतले आत्महत्या गरेका हुन् । जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए ।

त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटि आएपछि पिसीआर गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो । कोरोना पुष्टी भएर एक्लै बस्दा उनी निरास भएको स्थानीयको भनाइ छ । उनी निरास भएर आत्महत्या गरेको हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन् ।

बिहान नास्ता दिन क्यारेन्टाइम स्थलमा जाँदा नदेखेपछि यताउता खोजी गर्दा क्वारेन्टाइम स्थल भन्दा टाढा जंगलमा झुण्डीएको अवस्थामा मृत फेला परेका वडा अध्यक्ष राम बहादुर सिंहले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button