तपाईँ सुन्दै हुनुहुन्छः

पिसिआर परीक्षणको दायरा थप फराकिलो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखी पिसिआर परीक्षणको दायरा थप फराकिलो बनाएको जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजदेखि क्यान्सर तथा मधुमेहका विरामी, अस्पतालको आकास्मीक कक्ष तथा आईसियुमा भर्ना भएका विरामी, स्वास्थ्यकर्मी लगायतको परीक्षण गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट फर्किएर होम क्वारेन्टाइन वा होल्डिङ् सेन्टरमा रहेका व्यक्तिहरूलाई अनिवार्य मास्क लगाउन, सावुन पानीले नियमित हात धुन, सम्भव भएसम्म स्यानिटाईजर प्रयोग गर्न र सामाजिक दुरीको पालना गर्न समेत आग्रह गरेको छ ।

यसैगरी मन्त्रालयले कोरोना भइरसको संक्रमणका सम्वन्धमा हाल सम्म भएका अध्ययन र अनुसन्धानका आधारमा विदेशबाट फर्किएका व्यक्तिहरू २ हप्ता सम्म सम्पूर्ण नियम पालना गरी क्वारेन्टाईनमा बस्दा संक्रमणको कुनैपनि लक्षण नदेखिएमा पिसीआर परीक्षण नगरी घर पठाउन सकिने समेत जनाएको छ ।

नियम अनुसार दुई हप्ता सम्म क्वारेन्टाइनमा बसेको व्यक्तिमा कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन भने पिसिआर परीक्षणमा पोजेटिभ देखिएपनि अन्य व्यक्तिमा संक्रमण नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button