तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण

आज थप ७ सय ४० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै कुल संक्रमतिको संख्या १५ हजार २ सय ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न २३ वटा प्रयोगशालामा गरिएको ४ हजार ४ सय ८३ वटा पिसिआर परीक्षण गर्दा ७ सय ४० जना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय ६६, विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १९, कोशी अस्पताल विराटनगरमा १७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा २, गजेन्द्रनारायण सिंह अस्पतालमा ३२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २२, नारायणी अस्पताल विरगञ्जमा १, भरतपुर अस्पताल चितवनमा २१, किटजन्य रोग प्रयोगशाला हेटौंडामा २९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा १३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा १, भेरी अस्पतालमा २८, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा १०, सेती प्रादेशिक अस्पताल धनगढीमा ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज थप ८ सय २३ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

यसैगरी यही असार १७ गते निधन भएका काठमाडौ नयाँ बानेश्वरका ८५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएसंगै कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको कूल संख्या ३२ पुगेको छ ।

मृतक पुरूषमा उच्च रक्तचाप र पार्किन्सन्सको समेत समस्या रहेको र छाती दुख्ने र पिसाव कम हुने समस्या आएपछि उपचारका लागि काठमाडौको एक निजी अस्पतालमा भर्ना भई आईसियूमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ९ हजार ८४ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button