तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारले सफलता पुुर्वक काम गरिरहेकोः मूख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुुख्यमंत्री शेरधन राईले कोरोना भाइरस रोकथाम नियन्त्रण, तथा उपचार व्यवस्थापनमा प्रदेश सरकारले सफलता पुुर्वक काम गरि रहेको वताउनुुभएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा उपचार सम्वन्धमा अहिले सम्म भएको कार्यहरुका विषयमा प्रदेश सरकारले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उहाले स्थानिय तह लगायत सवैतिरवाट भइरहेको प्रयासका कारण कोरोना सक्रमितहरुको उपचार र व्यवस्थापन सहज भएको उल्लेख गर्नुुभयो ।

उहाले कोरोना विरुद्धको सर्घषमा प्रदेश सरकार तथा स्थानियतह हातेमालो गरि अघि वढिरहेको उल्लेख गर्दै घरवाट वाहिर निस्कदा हाथमापन्जा तथा मास्क लगायत स्वास्थ्य सामाग्री प्रयोग गरि सामाजिक दुुरि कायमगर्न सर्वसाधारणमा आग्रह गर्नुुभयो ।

जनताको स्वास्थ्यका लागी लकडाउन सरकारको वाध्यकारी कदम भएकाले यसको सवैले पालना गर्नुुपर्नेमा उहाले जोड दिनुुभयो ।

उहाले वाहिरवाट आएका तथा शका लागेको व्यक्तिको परिक्षणको दायरा वढाउनुका साथै समयमै कोरोना विशेष अस्पताल तथा व्यवस्थित क्वारेन्टाइन तथा प्रयोगशालाको निर्माण तथा सिमा नाका शिल गरेका कारणपनि कोरोनालाई कावुुमा राख्न प्रदेश सरकार सफल भइरहेको वताउनुुभयो ।

प्रदेश नं. १ का मंत्री तथा राज्यमंत्रीहरु सहभागी पत्रकार सम्मेलनमा कोरोना रोकथाम, उपचार तथा नियन्त्रनका लागी प्रदेश सरकारले गरेको कामको वारेमा प्रदेश न १ का प्रमुुख सचिव दिनेस भट्टराइले कार्यपत्र प्रस्तुुत गर्नुु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button