तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना पुष्टि, कार्यालय सिल

दैलेख । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालय नै सिल गरिएको छ । दैलेखमा सवै भन्दा वढि कोरोना संक्रमण देखिएको नारायण नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुनै कामकाज नै ठप्प भएका छन् ।

कार्यालयमा अन्य कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको स्वाव संकलन गर्ने काम भईरहेको नगरपालिकाका मेयर रत्नवहादुर खड्काले वताउनुभयो । दैलेख जिल्लामा संचालन भएको पिसिआर मेशिन संचालन भएपछि जिल्लामा कोरोना जाचँ भईरहेको छ । आज (शुक्रवार) मात्र १ सय १४ जनाको परिक्षण गर्दा ९ जना संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

अवदेखी नारायण नगरपालिकाका काम कारवाही नगरपालिकाको प्राङ्गढवाट दिने तयारी गरिएको छ । सेवाग्राहीको काम सेवाग्राहीलाई गेट वाहिर राखेर स्वयंम फाटवाला कर्मचारी गेटमै पुगी सेवा दिने तयारी भैरहेको नगरपालिकाका मेयर खड्काले वताउनुभयो ।

त्यस्तै पुनः परिक्षण गरिएका मध्ये १० जनालाई कोरोना संक्रमण देखिएको छ । दैलेखमा जम्मा ७७६ जना कोरोना सक्रमित पुष्टि भएका छन् । संक्रमित मध्ये अहिले सम्म ६ सय ५० जना निको भएर घर फर्किएका छन् । दैलेखमा २ जनाको कारोना संक्रमणका कारण मृत्यु भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button