२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा थप ३६जनामा कोरोना संकमण पुष्टी

सीपी लोहिया २०७७ असार १९ गते १६:०१


बैतडी । बैतडीमा आज थप ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाका १३ जना, मेलौली नगरपालिकाका १९ जना र सुर्नया गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये अधिकांस होम आइसोलेसनमा पठाइसेकेको र केही क्वारेन्टाइनमा रहेकाले छुट्टै आइसोलेटको तयारी भएको सम्वन्धित स्थानीय तहले जनाएका छन् । यो संगै बैतडीका कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

क्वारेन्टाइनहरु रित्तिदैँ
कोभिड–१९ रोकथामका लागि बैतडीमा निर्माण गरिएका ‘क्वारेन्टाइन’हरु रित्तिदैं गएका छन् । जिल्लाभर २५० स्थानमा गरि ६ हजार ९८९ बेड क्षमताका निर्माण गरिएका क्वारेन्टाइन अहिले रित्तिदैं गएका छन् । अहिले जिल्ला भरीमा ७०६ जना मात्रै क्वारेन्टाइनमा बसिरहेको बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । १महिना अगाडी भने जिल्लामा करिब सात हजार ब्यक्ति क्वारेन्टाइनमा बसेका थिए ।

सम्बन्धित