तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १४ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप १४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका ७ जना र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रबाट बैजनाथ गाउँपालिकाका ७ जना गरी १४ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ३७ पुगेको छ । बाँकेमा हालसम्म ३ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button