तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई हटाउन पाइँदैन भन्दै सुर्यबिनायकमा प्रदर्शन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन पाइँदैन भन्दै आज बिहान भक्तपुरको सुर्यबिनायक चोकमा प्रदर्शन गरेर युवाहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादमा खेल्दै भारतले ओली सरकार ढाल्न लागेको आन्दोलनकारीले आरोप लगाएका छन् ।

आन्दोलनका क्रममा उनीहरूले ‘आजलाई होइन भोलिलाई ,पाँच वर्ष ओलीलाई ’ भन्ने नारा लगाएका थिए । आन्दोलनमा करिब दुई सय स्वयंसेवी युवा , विद्यार्थी र पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रदर्शन सुर्यबिनायकबाट नाराजुसुल र प्लेकार्डसहित सुरु भएर अरनिको राजमार्ग अन्तर्गत चुनदेवी पुगी पुनः सुर्यबिनायक आएर सभामा परिणत भई समापन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button